प्रदेश १ मा ४४१ डिस्चार्ज, ३६८ संक्रमित थपिए

  हिमाल समाचार  1093 पटक हेरिएको

विराटनगर – प्रदेश १ मा आज ४४१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ७५६ पुगेको छ ।

प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४८, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उदयपुरमा १०, संखुवासभामा ७, ताप्लेजुङ र इलाममा ४–४, भोजपुरमा ३, सोलुखुम्वु, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेका छन् ।

प्रदेश १ मा आज १ हजार १२८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२८ महिला र २४० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७४ हजार ८०२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार