जडिबुटी सम्बृद्धिको आधार : मन्त्री घिमिरे

  हिमाल समाचार
42 Shares

विराटनगर – प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जडिबुडी सम्बृद्धिको आधार भएको बताए । तीन प्रकृतिको वातावरणीय सन्तुलनका कारण नेपालमा जडिबुटीको भण्डार रहेको उनको भनाई छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा विराटनगरमा आज सम्पन्न प्रदेश स्तरिय बार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । आयुर्वेदको क्षेत्रमा प्रदेश १ अघि बढ्न सक्ने धेरै आधारहरु रहेको जिकिर गरे ।

आयुर्वेदलाई तीनै तहको सरकारले प्राथमिकतामा राख्नुपर्ने मन्त्री घिमिरेको विचार छ । मन्त्री घिमिरेले भने,‘ निजी क्षेत्रले पनि वैद्य खाना तर्फ ध्यान दिन आवस्यक छ ।’ आयुर्वेदको संरचना टोल र वडामा विस्तार गर्न सके रोजगारी सिर्जना गर्न सकिने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार