सोलुखुम्बु – एउटा परिपक्क रुखको मुल्य कति पर्ला ? तपाई भन्नुहोला, १० हजार, १५ हजार वा २० हजार । तर तपाईको अनुमान समेत फेल खाने गरि एउटै रुख ३५ बजारमा विक्रि भएको छ ।
घटना विदेशको भन्नुहोला । हैन, नझुक्किनुहोस् की, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ८ देउसामा खोटे सल्लाको एउटा रुख ३५ हजारमा विक्रि भएको छ ।
देउसाका गम बहादुर राईले हुर्काएका सल्लाको रुख एकहप्ता गाउँमै ३५ हजारमा विक्रि गरेका छन् । परिपक्क रुखलाई एक स्थानीयले घर निर्माणको लागि एउटा रुखको त्यति धेरै रकम तिरेका हुन् ।
सल्लाको काठ घरमा तक्ती (तला छाप्न प्रयोग गरिने) र झ्याल ढोकामा प्रयोग गरिन्छ । सायद, एउटा रुखको ३५ हजार सर्वाधिक मुल्य हो ।
धैर्यता अपनाउन सके निजी जंगलमा रोपिएका रुखबाट पनि मनग्य आम्दानी लिन सकिन्छ भन्ने उदाहरणीय घटना हो, देउसाको ।