सोलुखुम्बु – सोलुखुम्बुको सल्यानमा एक व्यक्तिको शंकास्पद हत्या भएको छ ।
बुधबार राति करिब १०÷११ बजेको समयमा अज्ञात समुहद्वारा नेचासल्यान गाउँपालिका २ सल्यानका करिब ४५ वर्षिय हर्कबहादुर भुजेलको हत्या भएको छ ।
पारिवारिक श्रोतका अनुसार मास्क लगाएर ३ जनाको समुहमा आएका व्यक्तिले डोरीले घाँटीमा बाँधि हत्या गरेका हुन् ।
मृतककी श्रीमती लक्ष्मी भुजेललाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । मृतक भूजेलको शवलाई पोष्टमार्टमका लागि ओखलढुंगा पठाईएको छ ।
घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।