प्रदेश १ मा ६६२ कोरोना मुक्त

विराटनगर – पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ४१८ पुगेको छ ।

प्रदेश १ मा आज १८९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७०, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा २–२, इलाम, ते¥हथुम र भोजपुर १–१ र प्रदेश १ बाहिरका ९ जना रहेका छन् ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ७० पुगेको छ । प्रदेश १ मा आज ८४७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म १ लाख ७५ हजार ६४९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार