सोलुखुम्बु – सोलुखुम्बुमा ६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाका अनुसार गत मंगलबार स्वाब परिक्षणमा पठाईएका ४५ जना मध्ये ६ जनामा कोरोना पोजेटिभ देखिएकोे हो ।
कोसी अस्पतालमा गरिएको स्वाब परिक्षणमा सोलखुुम्बुमा निर्माणाधिन ८२ मेगावटको तल्लो सोलु हाईड्रोपवारमा काम गर्ने १ जना, बेनि हाईड्रोपावमा काम गर्ने १, जिल्ला प्रहरी कार्यालयका २ जना प्रहरी र सोलुदुधकुण्ड नगरपालिका ११ तिंलाका २ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
उनिहरुलाई जिल्ला अस्पताल फाप्लुको आसोलेसन वार्डमा राखिएको छ ।