काँगेल विमानस्थल मंसिरको तेस्रो साताबाट सञ्चालनमा आउने

  दिपेन्द्र पराजुली
399 Shares

सोलुखुम्बु – लामो समयदेखि गौचरणमा परिवर्तन भएको सोलुखुम्बुको  काँगेल विमानस्थल मंसिरको तेस्रो साताबाट सञ्चालनमा आउने भएको छ ।

नेपाल बायु सेवा निगम र नेपाल नागरिक उड्ययन प्राधिकरण बिच मंसिर तेस्रो सातादेखि जहाज उडानको भर्ने  सहमति भएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

थुलुङ दुधकोसी गाउँपालिकाको सल्लाहकार तथा नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक प्रकाश पौड्याल र नेपाल नागरिक उड्डयन प्राधिकरणका डिजि राजन पोख्रेलसँगको भेटमा मंसिर तेस्रो साताबाट  उडान भर्ने सहमति भएको गाउँपालिका अध्यक्ष राईले बताए ।

केहि दिनभित्र विमानस्थलको चेकजाँच गर्न ईन्जिनियर सहितको प्राबिधिक टोलि काङ्गेल विमानस्थल आईपुग्न उनले बताए ।

केही दिन अघि मात्रै विमानस्थलको स्थलगत निरिक्षण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  योगेश भट्टराईले मंसिरमा विमानस्थल सञ्चालनमा ल्याउनका लागि पहल गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार