सोलुखुम्बुमा देउसी भैलो खेल्न रोक

  हिमाल समाचार
672 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा तिहारमा देउसी भैलो खेल्न रोक लगाईएको छ ।

जिल्लामा कोरोना भाईरस संक्रमण फैलिदै गएकाले कोरोना समुदाय स्तरमा फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै देउसी भैलो खेल्न रोक लगाईएको प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले जानकारी दिए ।

हिमाल एफ.एम.सँग कुराकानी गर्दै प्रजिअ शाहीले भीडभाड हुने सबैखाले गतिविधीमा रोक लगाएको बताए ।

भेलाजम्मा हुने तथा भीडभाड हुने गतिविधीले कोरोना संक्रमण फैलिएको भन्दै कार्यालयले चाडबाड विशेष सुरक्षा योजना बनाएर सुरक्षाकर्मी समेत परिचालन गरिएकोे छ ।

त्यस्तै, जिल्लामा विस्पोटक पदार्थ आयात गर्न नदिनका लागि विषेश सुरक्षा योजना नै बनाईएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार