सोलुखुम्बुमा उत्पादित फूल बिकेन

  हिमाल समाचार
280 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा उत्पादन भएको अघिकांश फूल बिक्रि नभएको व्यापारीहरुले बताएका छन् ।

विगतका वर्षमा बजारमा फूल किन्नेको घुईचो हुने भएपनि यो वर्ष फूल बिक्रि नभएको किसान तथा व्यापारीहरुले बताएका हुन् ।

गत वर्षको तुलनामा यो वर्ष बजारमा फूल किन्नेको संख्यामा कमी आएको नेचासल्यान गाउँपालिका २ सल्यानका व्यापारी सविन राईले बताए ।

बारीमा उत्पादन भएको फुल बिक्रि गरि मनग्ये आम्दानी गर्ने सोच भएपनि सोचे जस्तो मुल्य नपाएको उनले गुनासो गरे ।

कार्तिकदेखि नै फूल सुक्न थालेको भएपनि उत्पादन बढि भएकाले यस वर्ष बजारमा सयपत्री र गोदावरी फूल बिक्रि नभएको सोलुदुधकुण्ड नगरपालिका ४ का सुम्बा शेर्पाको भनाई छ ।

तिहारमा बत्तिसँगै कृत्रिम फूल बिक्रि गर्नका लागि ल्याएको भएपनि कोरोनाका कारणले ग्राहक नआएको सल्लेरीका व्यापारी पुर्णकुमार नेम्वाङको भनाई छ ।

जिल्लाको साप्ताहिक रुपमा लाग्ने हटियामा समेत कृत्रिम फूलको व्यापारमा समेत गिरावट आएको नेम्वाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार