भतिज बुहारीको झगडाले निम्त्यायो काका सुसुराको काल

  हिमाल समाचार
2.9k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा भतिज बुहारीको झगडा छुट्टयाउने क्रममा काका सुुसुराको मृत्यु भएकोे छ ।

सोलुदुधकुण्ड नगरपालिका ७ जोरबौद्ध स्थित भतिज बुहारीको भगडा छुट्टयाउने क्रममा शनिबार साँझ करिब ६ बजेको समयमा ७१ वर्षिय दलमान थापाको मृत्यु भएको हो ।

स्रोतका अनुसार झगडा छुट्ट्याउने क्रममा छोरा बुहारीले ठेलेर दलमान कान्ला मुनि खसेका थिए । कान्ला मुनी खसेका उनको घट्नास्थलमा नै मृत्यु भएको हो ।

काकाको मृत्यु पछि भतिज गोपाल थापा र उनकी श्रीमती लक्ष्मी थापा प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरिक्षक टेकु नन्द ईवा लिम्बुले बताए । उनीहरु थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

उनीहरुको घरमा प्रायः झगडा हुने गरेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार