सोलुमा ह्वात्तै चिसो बढ्यो

  हिमाल समाचार
315 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा चिसो बढको छ । सल्लेरी लगायतका आसपासका क्षेत्रमा पानी परेसँगै चिसो बढेको हो ।

आज विहान घाम लागेको थियो भने सल्लेरीको मौसम साँझ पख धुम्मिएको थियो । पानी परेपछि हिजो अस्तिभन्दा चिसो बढेको हो । उच्च हिमाली क्षेत्रमा हिउँ परेको अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले सोमबार एक बुलेटिन जारी गरेर पश्चिमी वायुको प्रभावले आगामी तीन दिन मूलुकको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।

फोटो – मेम कुमारी राजभण्डारी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार