हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड हो, तिहार (दिपावली) । तर यो पटक कोरोना कहरकै कारण खल्लो बन्न पुगेको छ । गाउँशहरमा न देउसीभैलो खेलियो, न खुला उत्साह भेटियो ।
अघिल्ला बर्षमा हप्ता दिन अघि देखि देउसीका लागि रिहल्सन हुन्थे । आवश्यक सामाग्री सहित देउसीभैलो खेल्ने क्षेत्रको टुंगो लाग्थ्यो । कतिपय स्थानमा पहिले नै देउसीको टिम आउदैछ भनेर खबर पठाइन्थ्यो । विभिन्न सामाजिक उद्देश्य राखेर देउसीभैलोको तयारी हुन्थ्यो ।
लक्ष्मी पुजाको दिन देखि नै देउसीभैलो शुरु हुन्थे । गाउँशहरमा देउसी भैलो खेल्ने समूहहरु छरिन्थे । रातभरी देउसीको रन्को हुन्थ्यो । तर यो पटक ती चलनमा प्रायःब्रेक लागेको छ । कारण हो, कोरोना कहर ।
वरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्यले टिका ग्रहणपछि मास्क सहितको फोटो पोष्ट गर्दै लेखेका छन्, ‘कोरोना तैले दिदीहरुसंग फोटो खिच्दा पनि नाक मुख छोप्न पर्ने बनाईस्, तँलाइ भ्याक्सिन हान्ने दिन कहिले आउला ?’
अधिकांश स्थानमा स्थानीय प्रशासनले देउसीभैलो लगायतका भिडभाड हुने कुनैपनि प्रकारका कार्यक्रम आयोजनामा रोक लगाएको छ भने कोरोना संक्रमण दर बढिरहेको क्षेत्रमा समुदायस्तरबाट सावधानी अपनाएका कारण पोहोर परारको जस्तो तिहार बन्न सकेन् । देउसीभैलोको प्यास मेटाउन मात्रै रेर्कडेड गीत सुन्नुको विकल्प रहेन ।
कतिपयले यो पटक भाइटिका लगाएनन् । लगाएकाहरुले पनि मनमा डर पालेर लगाए । खास उत्साह भेटाएनन् । वरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्यले टिका ग्रहणपछि मास्क सहितको फोटो पोष्ट गर्दै लेखेका छन्, ‘कोरोना तैले दिदीहरुसंग फोटो खिच्दा पनि नाक मुख छोप्न पर्ने बनाईस्, तँलाइ भ्याक्सिन हान्ने दिन कहिले आउला ?’
हाँस्य कलाकार आचार्यलाई मात्र हैन्, धेरैको मनमा तिहारमा उत्साह जागेन । मनाएकाले पनि जबरजस्त मनाएका छन् । उद्यपी, शहरको तुलनामा गाउँघरमा भाइटिकाको लागि केही हदसम्म सहज भएको छ । कोरोना संक्रमणको दर कम, पातलो वस्ती र मानव भिडले पनि शहरको तुलनामा गाउँ तिहारको लागि खुकुलो महसुस गरिएको हो ।
कोरोना कहरकै कारण स्वदेशमै उत्पादन गरिएका फूलहरु चाहेजस्तो विक्रि भएन भने ढाका टोपी विक्रिको बजार पनि पोहोर परारको झैँ खुलेन् । जस्ले व्यापारीहरुलाई घाटा पु¥याएको छ । यो पटकको तिहार न देउसीभैलौ, न उल्लास । यसै जादैछ । अर्को बर्ष नमरी बाँचे, रमाइलोसंग मनाउला ! यहि रहर साँचौँ, कोरोनासंग जोगिएर बाँचौँ ।