पर्वतारोहण शिक्षा अध्ययनको वातावरण मिलाउछु : मन्त्री भट्टराई

  हिमाल समाचार
700 Shares

सोलुखुम्बु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सोलुखुम्बुमा पर्वतारोहण शिक्षा अध्ययनको व्यवस्था गरिने बताएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा स्थित पर्वतीय प्रतिष्ठानको स्थलगत अनुगमन गर्दै मन्त्री भट्टराईले बन्दै गरेका संरचना सिघ्र संचालनको व्यवस्था मिलाउने बताए ।

प्रतिष्ठानका ईन्जिनियर भक्तराज जोशीका अनुसार मंगलबार विहान अनुगमनका क्रममा पर्यटनमन्त्री भट्टराईले प्रतिष्ठानमा संरचना निर्माण गर्दे गर्दा कक्षा सञ्चालन आफ्नै कार्यकालमा गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका हुन् ।

अनुगमनमा जिल्लाका जनप्रतिनिधि तथा सरोकारवाला पक्षको उपस्थिती रहको थियो ।

निर्माणाधिन पर्वतीय प्रतिष्ठानको काम २० प्रतिशत सकिएको छ । सन् २००२ देखि थालिएको प्रतिष्ठान निर्माणको काम १८ वर्षको समयावधिमा जम्मा २० प्रतिशत मात्रै सकिएको हो ।

पर्वतारोहण शिक्षा अध्ययनको वातावरण मिलाउने गरि स्थापना गरिएको प्रतिष्ठानका आवश्यक संरचना निर्माणमा ढिलासुस्ती भएको छ । ४७ वटा भवन निर्माण हुनुपर्नेमा हालसम्म ७ वटा मात्रै भवन निर्माण भएका छन् ।

हालसम्म २० करोडको लागतमा प्रशासनिक भवन, होस्टल, क्लास रुम निर्माण भएका छन् भने पुस्तकालय भवन, हिमाली मान्छे यतिको मुर्ति निर्माणाधिन अवस्थामा रहेको छ । २ हजार ९ सय रोपनी क्षेत्रफलमा प्रतिष्ठानका पिकनिक रिसोर्ट, बहुउदेश्यीय हल लगायतका भौतिक संरचना बन्ने प्रतिष्ठानका ईन्जिनियर भक्तराज जोशीले जानकारी दिए ।

केन्द्र सरकार मातहतमा निर्माण भईरहेको प्रतिष्ठानका संरचना बजेट अभावमा निर्माणले गति लिन नसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार