‘चुनाबी बाचा भन्दा बढि काम गरेका छौँ’ (भिडियो)

  हिमाल समाचार
2.1k Shares

सोलुखुम्बु – थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले चुनाबी प्रतिबद्धता भन्दा बढि काम गरेको दाबी गरेका छन् ।

स्थानीय सरकारको तीन बर्षे कार्यकाल सकिदासम्म चुनाबी प्रतिबद्धता भन्दा बढि विकास निर्माणको काम गरेको दाबी गरे । हिमाल एफ एमसंग कुराकानी गर्दै अध्यक्ष राईले भूगोल सुहाउदो विकासमा तल्लिन रहेको बताए ।

उनले भने, ‘कार्यकारी पदमा बसेपछि सबैको चाहना पुरा गर्न त सकिदैन् । सतप्रतिशत जनताले वाहवाही कमाउने गरि काम त गर्नै सकिदैन् तर मूलभुत रुपमा हेर्ने हो भने हाम्रो कामले डिस्ट्रिङसन पाउँछ ।’

‘जनप्रतिनिधि बस्ने ठाउँ समेत नभएको अवस्थाबाट नेतृत्व सम्हालेका हामीले तीन महिनामा केन्द्र टुंगायौँ ।’ उनले भने, ‘त्यसपछि नामांकरणको काम पुरा ग¥यौ । जग्गाको व्यवस्था मिलाएर प्रशासनिक भवन बनाएर कार्यसम्पादन शुरु ग¥यौ । गाउँपालिकाको केन्द्र मुक्ली र व्यापारिक केन्द्र नेलेमा बैँक स्थापना गरेका छौँ ।’

अध्यक्ष राईले ९ वटै वडाको केन्द्र र गाउँपालिकाको केन्द्रलाई ग्रामिण सडकले जोडेको बताए । त्यस्तै ६ वटा वडालाई जोड्ने गरि सडक सञ्जाल विस्तारको काम सम्पन्न गरेको उनको भनाई छ ।

७० प्रतिशत भौतिक विकासको काम सम्पन्न गरेको अध्यक्ष राईको दाबी छ । पत्रकार भानुभक्त निरौलासंग कुराकानी गर्दै उनले ग्रामिण विद्युतीकरणको काम धमाधम भइरहेकाले आगामी ६ महिना भित्र कोशी वारीका वडामा विद्युत बल्ने बताए । ‘कोशी पारीका क्षेत्रमा केही महिना थप लाग्छ ।’ उनले भने ।

गाउँपालिकाका दुई स्थानमा प्राविधिक शिक्षा अध्यापन शुरु भएको छ भने दुधकोशी सामुदायिक अस्पताल र खेलग्राम निर्माणाधिन अवस्थामा छन् । बहुमूखि क्याम्पस स्थापनाको तयारी भइरहेको छ ।

अध्यक्ष राईसंग गरिएको भिडियो कुराकानी हेरेर थप सूचना प्राप्त गर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार