विद्युत जडानमा ढिला सुस्ती हुँदा टावर सञ्चालनमा आएन

  हिमाल समाचार
1.2k Shares

 

सोलुखुम्बु – विद्युत जडानमा भएको ढिलासुस्तीका कारण सोलुखुम्बुको सल्यानमा निर्माण गरिएको फोरजी टावर संचालनमा आउन सकेको छैन् ।

द्रुतगतिको ईन्टरनेट र चुस्त टेलीफोन सेवाका लागि नेचासल्यान गाउँपालिका २ स्थित थामडाँडामा निर्माण गरिएको फोर लेग टावर सञ्चालनमा नआउँदा नेचासल्यानबासीले सञ्चारमा सास्ती खेप्नुपरेको छ ।

उक्त टावर संचालनमा नआउँदा सञ्चार असुविधा खेप्नु परेको स्थानीय प्रकाश भट्टराईले गुनासो गरे ।

गत भदौ महिनामा निर्माण सम्पन्न गरेको टेलीकमको टावरमा आवश्यक उपकरण जडान भईसकेपनि विद्युत नहुँदा फोरजी सहितको टेलीफोन सेवा सञ्चालनमा ल्याउन नसकिएको नेपाल टेलिकम कार्यालय, सल्लेरीले जनाएको छ ।

विद्युत जडानको जिम्मा पाएको त्रिवेणी लघुजलविद्युत आयोजनाले विद्युतीकरणको काम ढिलाइ गर्दा सेवा संचालनमा समस्या भएको टेलिकमले जनाएको छ ।

विद्युतिकरणका लागी गत भदौमा रकम भुक्तानी गरिएपनि हालसम्म विद्युतिकरण नभएको हो । नेचासल्यान गाउँपालिका २ सल्यानका वडाध्यक्ष भेषकुमार बास्तोलाले पटकपटक आयोजनाको उपभोक्ता समितिलाई विद्युत जडानका लागि ध्यानाकर्षण गराउँदै आएको बताए ।

त्रिवेणी लघुजलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष धनजन राईले भने आफु काम विषेशले बाहिर रहेको फर्कनसाथ काम सुरु हुने प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार