दिक्तेल नगरमा रोजगारी गुमाएका युवालाई कृषि सामग्री

  हिमाल समाचार
91 Shares

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोनाका कारण रोजगारी गुमाएका युवाहरुलाई कृषि सामग्री वितरण गरेको छ ।
कोभिड–१९ का कारण बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई कृषि व्यवसाय सुरुवातका लागि कृषि सामग्री वितरण गरेको हो ।

नगरपालिकाको आर्थिक वर्ष २०७७–७८ का स्वीकृत कृषि विकास सम्बन्धी (नेपाल कृषि सेवा विकास कार्यक्रम–प्रयास नेपाल) बाट हस्तान्तरित कार्यक्रम अन्तर्गत बिहीबार नगरपालिकामा कार्यक्रम गरी सिलपौलिन प्लाष्टिक टनेल, थोपा सिचाई सेट, आइपिएम, स्प्रीङकल सहितको गार्डेन पाइप सामग्री वितरण गरिएको नगरपालिकाका कृषि प्रसार अधिकृत धर्मेन्द्र कलौनीले जानकारी दिए ।

सिलपौलिन प्लाष्टिक टनेल, थोपा सिचाई सेट, आइपिएम, स्प्रीङकल सहितको गार्डेन पाइप कोरोनाका कारण रोजगारी गुमाएका एक सय जना र सिंचाइ पोखरीका लागि प्लाष्टिक सहयोग कार्यक्रम अन्तरगत २० जनालाई व्यवसायिक तरकारी खेती गर्नलाई बर्षाको पानी संकलन गर्न प्लाष्टिक वितरण गरिएको छ ।

कृषि सामग्री नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राई, प्रमुख प्रशासकीय अधिकृत टेकथान दाहाल लगायतले वितरण गरेका थिए ।

कृषि सामग्री वितरणपछि बैदेशिक रोजगारीबाट फर्केका युवालाई चार समुह बनाई सामग्री प्रयोेग सम्बन्धी प्रशिक्षण दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार