रावाबेशीमा कक्षा ११ को परीक्षा सुरु

खोटाङ – खोटाङको रावाबेशी गाउँपालिकाले कक्षा ११ को वार्षिक परीक्षा सुरु गरेको छ । राष्ट्रिय परीक्षा वोर्ड परीक्षा सञ्चालन व्यवस्थापन प्रमाणिकरण कार्यविधि २०७७ अनुसार गाउँपालिकाले तीन वटा विद्यालयमा बुधबारदेखी परीक्षा सुरु गरेको हो ।

डुम्रेधारापानीको देउराली मावि, खार्पाको शारदा मावि र लामिडाँडाको विश्वज्योती माविमा परीक्षा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । परीक्षामा ६६ जना छात्र र ९९ जना छात्रा सहभागी छन् । परीक्षा ११ मंसिरमा सम्पन्न हुनेछ ।

परीक्षा हलभित्र प्रवेश गराउनु पूर्व परीक्षार्थी र शिक्षकको ज्वरो मापन गरिएको र सामाजिक दुरी कायम गराइएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए ।

अध्यक्ष निरौलाका अनुसार पालिकाले कक्षा ११ को प्रश्नपत्र तयार गरेको हो । यस्तै, कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु गरिने सहकर्मी प्रेम श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार