सोलुका ५८० विद्यार्थीलाई छात्रवृत्ति

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – लोरेन नेपालले सोलुखुम्बुका ७८० विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण शुरु गरेको छ । बर्षेनी वितरण गर्दै आएको छात्रवृत्ति यो बर्ष पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा सावधानीका उपायहरु आत्मसाथ गर्दै छात्रवृत्ति वितरण गरिरहेको छ ।

हिमालयन विकास संस्थाको अगुवाईमा वितरण भइरहेको छात्रवृत्ति विहिबार सोलुदुधकुण्ड नगरपालिका २ स्थित बेनी आधारभुत विद्यालय र बुद्ध एकेडेमी तुम्बुकका विद्यार्थीलाई वितरण गरिएको छ । बेनी आधारभुत विद्यालयका २५ र बुद्ध एकेडेमीका ७० विद्यार्थीलाई शिक्षा आर्जनका लागि छात्रवृत्ति प्रदान गरिएको लोरेन नेपालका म्यानेजर निमा शेर्पाले जानकारी दिए ।

कोरोना महामारीलाई लक्षित गर्दै विद्यार्थीलाई छात्रवृत्तिको अलवा मास्क, साबुन र रुमाल समेत वितरण गरिएको छ । शिक्षकलाई फेस शिल्ड प्रदान गरिएको छ ।

बुधबार सेतिदेवी स्कुलका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको लोरेन नेपालले शुक्रबार जुनवेशी र फुङबोचेका विद्यार्थीलाई वितरण गर्ने कार्यक्रम तय गरिएको छ । जिल्लाका बासा खास्ताव, काँकु, नेले, सल्लेरी, च्याल्सा, तामाखानी, बेनी लगायतका स्थानका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार