गायक राजु लामा र छेवाङ लामा एक हप्ते सोलु भ्रमणमा

पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने

  हिमाल समाचार
5k Shares

सोलुखुम्बु – कोरोना कहर पछि पर्यटन क्षेत्रलाई चलायमान बनाउन तल्लो सोलुको पर्यटन प्रबद्र्र्धनको अभियान शुरु गरिएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित जिल्लाको तल्लो क्षेत्रमा पर्यटकको आवागमन अभिबृद्धिको लागि चर्चित गायकद्वय राजु लामा र छेवाङ लामाले महत्वपूर्ण पर्यटकीय स्थलहरुको भ्रमण शुरु गरेका छन् ।

हिमाल आरोहणका लागि खुम्बु क्षेत्र नै जानु पर्ने भए पनि अन्य दृश्यावलोकन तल्लो सोलुका उच्च पहाडहरुबाटै सहज रुपमा गर्न सकिने भएकाले वरिष्ठ पर्यटन व्यवशायी एवं नोम्याड नेपाल ट्रेक्स एण्ड एक्स्पिडिसनका प्रबन्ध निर्देशक कर्मा शेर्पाको सहजिकरणमा संगित क्षेत्रका हस्तिहरुलाई एक हप्ते भ्रमण गराईएको हो ।

तीन दशक भन्दा बढी समय गायन क्षेत्रमा सक्रिय गायक राजु लामा र पछिल्लो दशक युवाहरुको मन जित्न सफल गायक छेवाङ लामाले पत्ताले, रातनाङ्गे, क्याम्जे, टाक्सिन्दु, जुनवेशी, पिके, च्याल्सा आदि ठाउँको भ्रमण गरि डकुमेण्ट्रि छायाँकन गर्नेछन् ।

यस क्षेत्रको पर्यटकीय सम्पदाहरुको संभावनाको डकुमेण्ट्रि मार्फत उजागर गरि आन्तरिक पर्यटकको ध्यान तान्न सकिने वरिष्ठ पर्यटन व्यवशायी कर्मा शेर्पाले बताए । कारोना कहरका विचमा विदेशी पर्यटक भित्र्याउने संभावना नरहेकाले आन्तरिक पर्यटनलाई नै बढवा दिनुपर्ने र चर्चित गायकहरुको फलोअर अधिक रहेकाले पनि प्रबद्र्धनमा टेवा पुग्ने व्यवशायी शेर्पाको भनाई छ ।

अहिले सांगितिक यात्राको संभावना नरहेकाले आफ्नै देश भित्र घुमेर ग्रामिण परिवेशको पहिचानका लागि भ्रमणमा निस्किएको गायक राजु लामाले बताए । उनले सबै युवाहरुलाई पहिला आफ्नो देश र माटोलाई चिन्न पनि अपिल गर्नु भएको छ ।

अर्का गायक छेवाङ लामाले तल्लो सोलुको भ्रमणमा आफु भरपुर रमाईरहेको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार