थुलुङ दुधकोशी वहुप्राबिधिक शिक्षालयको उद्घाटन मुख्यमन्त्रीले गर्ने

  हिमाल समाचार
315 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी वहुप्राबिधिक शिक्षालय (ईन्जिनियरिङ डिपार्ट)को उद्धाटन मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् ।

शिक्षालयको प्रागणमा आईतबार हुने कार्यक्रममा मुख्य मन्त्रिराईले उद्घाटन गर्ने तय भएको गाउँपालिका अध्यक्ष असिम राइले जानकारी दिए ।

कार्यक्रममा आन्तरिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो, प्रतिनिधिसभा सदस्य हेमकुमार राई,भौतिक पुर्वाधार राज्यमन्त्री अम्विर गुरुङ,नेकपा प्रमुख सचेतक प्रदेशसभा सदस्य बुद्दिकुमार राजभण्डारी र प्रदेशसभा सदस्य उत्तम कुमार बस्नेत लगायतको उपस्थिति रहने जनाईएको छ ।

शिक्षालय यही शैक्षिक सत्रबाट सञ्चालनमा आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार