प्रदेश नं १ मा ४४७ डिस्चार्ज, २०७ संक्रमित थपिए

खोटाङका ५१ जनाले कोरोना जिते

  हिमाल समाचार
112 Shares

विराटनगर – पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेसवै होमआईसोलेसनका रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २२६ पुगेको छ । प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७१, सुनसरीमा ५७, संखुवासभामा ३४, झापामा २८, ते¥हथुम र उदयपुरमा ३–३, इलाम र धनकुटामा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ५०, रतुवामाई र रंगेलीमा ५–५, ग्रामथान, कटहरी, सुन्दरहरैचा, केराबारी, बेलबारी र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ३८, इटहरीमा १४, इनरुवामा ३, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१, संखुवासभाको खाँदबारीमा ३२, मकालु र सिलिचोङमा १–१, झापाको दमक र विर्तामोडमा ५–५, गौरादह, भद्रपुर, अर्जुनधारा र मेचीनगरमा ३–३, कनकाईमा २, बुद्धशान्ति, हल्दिबारी र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता ते¥हथुमको म्याङलुङमा ३, उदयपुरको चौदण्डीगढीमा २ र उदयपुरगढीमा १, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार ९४१ पुगेको छ । प्रदेश १ मा आज ७७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७६ महिला र १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म १ लाख ८२ हजार १३७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोलुखुम्बु जुबुका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएपछि स्थानिय त्रसित बनेका छन् ।

सुनसरीमा बसाईसरी गई हप्ता दिन अघि थुलुङ दुधकोशी ४ जबुमा आएर बसेका ७५ वर्षिय बृद्धको उपचारका क्रममा बिराटनर स्थित नोबेल अस्पतालमा मृत्यु भएपछि स्थानिय त्रसित बनेका हन् । उनको सम्पर्कमा धेरै व्यक्ति रहेकाले समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंकाले स्थानिय त्रसित बनेको थुलुङ दुधकोशी ४ का वडाध्यक्ष नातिकाजी गुरुङले बताए ।

मृतकका सम्पर्कमा आएका २८ व्यक्ति पहिचान भएकाले पिसिआर परिक्षणका लागि गाउँपालिकालाई सिफारिस गरिएको वडाध्यक्ष गुरुङको भनाई छ । उनीहरुको चाँडै स्वाब संकलन गर्ने तयारी गरिएको छ । उनको मृत्यु भएपछि वडलाई शिल गरिएको छ भने शैक्षिक संस्था बन्द गरिएको छ ।

उता, खोटाङमा ५१ जनाले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् । हालसम्म ६८ जना कोरोना संक्रमित हुंदा ५१ जना कोरोना जितेर सामान्य जनजीवनमा फर्केका हुन् । नौ जना कोरोना संक्रिय संक्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा संक्रमित छन् । प्रशासनका अनुसार दिक्तेलमा कोरोना संक्रमितको संख्या ४९ जना पुगेको छ ।

यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १, खोटेहाङ गाउँपालिकामा ४, हलेसी तुवाचुङ नगरपालिकामा ४, साकेला गाउँपालिकामा ५, केपिलासगढी गाउँपालिकामा १, ऐसेलुखर्क गाउँपालिकामा १, जन्तेढुंगा गाउँपालिकामा २ र बराहपोखरी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार