लोक गीतका शिव : पहिले सघर्ष, अहिले हर्ष (भिडियो)

  शिखर गजरकोटे
469 Shares

काठमाण्डौँ – शिव हमाल गायन भन्दा सृजनामा अब्बल मानिन्छन् । स्यांङजाको ज्याग्दीखोलामा जन्मेका हमाल २०६० को शुरुवात देखि लोक गीतको यात्रामा अघि बढेका हुन् ।

दशैँ अघि ‘झुम्का झलक्कै’लगायतका गीति सृजना बजारमा पठाएका थिए । पछिल्लो समय ‘लालुमै’सर्वाधिक रुचाइएको गीत हो । अघिल्लो समयमा ‘देउरालीको भट्टी पसल’, ‘पछ्यौरी लेउ बैना’गीत हिट बने भने मध्यम समयमा ‘सानु कहाँ छौ’, ‘हाँस्न सिकायौ’जस्ता गीत लोकप्रिय बने ।

दोहोरी साँझ प्रवेशको सघर्ष

तर उनलाई दोहोरी साँझ प्रवेश गर्नै डेढ बर्ष लाग्यो । उनी सम्झन्छन्, ‘डेढ बर्ष त काठमाण्डौको सडकमै भौतारिए । माहोल सहज थिएन । दोहोरी साँझ सिमित थिए, कलाकार धेरै थिए । अहिले मेला महोत्सबमा जस्तो दोहोरी साँझमा ठेकेदारी प्रथा थियो ।’

मान्छे सानो, स्वर खासै नभएका कारण दोहोरी साँझमा काम पाउन निकै सास्ती खेपेको उनले बताए । ‘सृजना क्षमता छ भनेर त पछि थाहा पाए । त्यसबेला त कस्ले पत्याउने ? तर मलाई के थियो भने, लोक संगीतमा केही गर्न सक्छु भन्ने आत्मविश्वास र भोक थियो ।’ हमाल भन्छन् ।

दशैँ अघि ‘झुम्का झलक्कै’लगायतका गीति सृजना बजारमा पठाएका थिए । पछिल्लो समय ‘लालुमै’सर्वाधिक रुचाइएको गीत हो । अघिल्लो समयमा ‘देउरालीको भट्टी पसल’, ‘पछ्यौरी लेउ बैना’गीत हिट बने भने मध्यम समयमा ‘सानु कहाँ छौ’, ‘हाँस्न सिकायौ’जस्ता गीत लोकप्रिय बने ।

बल्ल तल्ल ठमेलको सालीभेला दोहोरी साँझ प्रवेश पाए, हमालले । उनकै शब्दलाई सापटी लिने हो भने, अंकल गोविन्द गिरीले उनलाई दोहोरी साँझमा प्रवेश गराएका हुन् । तर पहिलो दिनमै ढुंगा लाग्यो ।

‘गाकै दिन साहूले ए.. यो केटो निकाल भनेको सुने । अनि, अंकलले नआत्तिनुस् न दादा, पछि राम्रो मान्छे पाएपछि निकालम्ला । अहिले काम गर्न दिनुस्, भन्नुभयो ।’ हमाल ती तिता दिन सम्झदै भन्छन्, ‘पहिले निकाल भनेको साहूले काम हेरेर एक हप्तापछि राख्ने भए ।’ त्यसरी दुखले लोक गीतको यात्रा शुरु गरेको हमाल सुनाउछन् ।

पिएन सापकोटा र आफ्नो लोक गीतको यात्रा एकै दिन र एउटै दोहोरी साँझबाट भएको स्वयम् हमाल सुनाउछन् ।

रामजी र शिवको दोस्ती !

देउरालीको भट्टी पसल, पछ्यौरी लेउ बैना, रक्षा गर हरि, पा¥यौ मलाई रुन मायालु लगायतका गीतहरु रामजी र शिवको सहकार्यमा बजार आएका र चलेका गीतहरु हुन् । शिव सृजनामै तल्लिन देखिएका छन् भने रामजी सृजना र गायन भन्दा नाच्नमा व्यस्त देखिएका छन् । त्यसो त, शिवलाई पनि नाच्ने रहर नभएको होइन् । तर रामजी झैँ उनी व्यवसायिक रुपमा नाच्ने आँट गर्न सकेका छैनन् ।

गायक रामजी खाँण र हमाल सांगीतिक जोडी हुन् । घर पनि एउटै जिल्ला । तर व्यवसायिकताले यो जोडिलाई टाढा बनाएको दर्शक स्रोताले भान गरेका छन् । यो अभावलाई सर्जक हमाल आधाआधी स्विर्काछन् ।

रामजी संग मात्र हैन्, व्यवसायिकताकै कारण खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा लगायतका हितैसी साथीहरुसंग पनि चाहेर पनि काममा सहकार्य हुन सकेको छैन् ।

उनी भन्छन्, ‘सम्बन्धमा दरार आएकै कारण रामजीसंग गीति सहयात्रा नभएको होईन् । हामी मन मिल्ने मान्छे पनि हौ तर व्यवसायिकताले टाढा बनाएको भान जरुर दिलाएको छ । एकअर्काको दुखमा दुखी हुने र प्रगतीमा खुसी हुने साथी हौँ ।’

हमालले थप्दै भने, ‘लगानीकर्ता फेरिएपछि मेरो सृजना रामजीले गाउने मेसो नमिलेको मात्र हो । किनकी, पहिले कम्पनीले लगानी गथ्र्यो । एक आपसमा सहकार्य हुन्थ्यो । अहिले लगानीकर्ता प्रायः विदेशमा हुनुहुन्छ । कसैले लगानीकर्ताले शब्द लेख्नुहुन्छ, रामजीले गाउनुहुन्छ, कतिवयले मेरा सृजना लगानीकर्ता स्वयम्ले गाउनुहुन्छ । व्यवसायिकताले टाढा बनाएको भान हामीलाई पनि हुन्छ ।’

रामजी संग मात्र हैन्, व्यवसायिकताकै कारण खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा लगायतका हितैसी साथीहरुसंग पनि चाहेर पनि काममा सहकार्य हुन सकेको छैन् ।

तपाईको सृजना र रामजीको स्वरमा सृजना बजारमा आउछन् की नाई ? भन्ने प्रश्नमा सर्जक हमाल प्रष्ट बोलेनन् । सिधै भन्दा खुल्न चाहेनन् ।

त्यो टर्निङ पोइन्ट

पहिलो पटक आफन्त भेटका लागि काठमाण्डौँ छिरेका हमालले केही समय प्रत्यक्ष दोहोरी पनि गाए । २०६० साल तिर पिएन क्याम्पस पोखरामा भएको दोहोरीमा भाग लिएका हमाल पराजित भए तर त्यहि पराजय उनको प्रेरणाको स्रोत बन्न पुग्यो । त्यसपछि काठमाण्डौँ हानिए, उनी ।

१० बर्ष दोहोरी साँझमा काम गरेका उनले कहिल्यै काम गरेनन् । उनले सिके मात्रै । उनी भन्छन्, ‘जागिरको लागि दोहोरी साँझ धाइन् । जहिल्यै पनि सिक्न प्रेरित भए । २०६२ देखि ०६४ सम्म लगातार दोहोरी गाए । २०६२ मा अधिकांश प्रतियोगीता गुमाए । ०६३ मा सुधार भयो । प्रतियोगीतामा द्धितीय, तृतीय हुन थाले । त्यसपछि ०६४ मा लगातार ५ वटा प्रतियोगीतामा प्रथम भए ।’

‘सम्झनामा आँशु झरेको’ गीत रामजी र मेरो सहकार्यमा पहिलो गीत थियो । ‘प्रतिक्रिया निकै राम्रो आयो । कतिपयले त चुरोट खाउ त अझै राम्रो गीत फुर्छ पनि भने (नाम भन्दिन) ।’ त्यसपछि मन्जु गौतमसंग ‘मन परेको फूल खसेको’बजारमा ल्यायौ । गीत चल्यो तर एल्बम चलेन ।

रामजी खाँणको ‘पछि लाइदैन्’ लगायतका गीत बजारमा थिए । त्यसबेलामा रामजीले कान्तिपुर म्यूजिकमा काम गर्नुहुन्थ्यो । हमाल उत्साहित हुदै भन्छन्, ‘त्यसबेला जहाँबाट गीत निस्कन्थ्यो, त्यहि रामजीको जागिर ।’ त्यसपछि नजिक बन्दै गयौँ ।

‘सम्झनामा आँशु झरेको’ गीत रामजी र मेरो सहकार्यमा पहिलो गीत थियो । ‘प्रतिक्रिया निकै राम्रो आयो । कतिपयले त चुरोट खाउ त अझै राम्रो गीत फुर्छ पनि भने (नाम भन्दिन) ।’ त्यसपछि मन्जु गौतमसंग ‘मन परेको फूल खसेको’बजारमा ल्यायौ । गीत चल्यो तर एल्बम चलेन ।

‘देउरालीको भट्टी पसल’ गीत रेर्कडिङ गरियो तर भिडियो गरेर गीत बजारमा ल्याउने कसरत गरेका थियौँ । हमालले ती दिन सम्झिए, ‘चलेकै क्यासेट सेन्टरले गरेको हेपाहा व्यवहार विर्सिएको छैन् । आशिष म्यूजिकले गीत लियो । गीत चल्यो । त्यसपछि पठाडी फर्कनु परेन ।’

‘त्यसकारण विचौलिया हिजो पनि थियो, आज पनि छ । रुप फेरिएको मात्र हो ।’ गीत संगीतमा हुने हिंसाको विषयमा हमालले खुलेरै भने, ‘कमजोर मन भएकाहरु हिंसामा परेको देखेको छु । कतिपयको उद्धार पनि गरेका छौ । अझ यो फिल्डमा दोहोरो लुटाइ धेरै देखेको छु ।’

परिवारको बारेमा खुले शिव

कलाकारितामा विहे भएकाहरु यर्थाथ लुकाउछन् । उनीहरु फ्यान फलोअर घट्ने डरले पनि सिंगल वा भर्जिन भन्न रुचाउछन् वा बाध्यता हो उनै जानुन् । त्यसमा महिला पुरुष दुवै पर्छन् । (सवै होइनन्) परिवारको बारेमा कम बोल्नेमा सर्जक हमाल पनि पर्छन् । हुनसक्छ, प्रश्नकर्ताले नसोधेर ।

यो कुराकानीमा भने खुले उनी । विहेपछि, अझ भनौ, छोरो जन्मेपछि लोक क्षेत्रमा हाम्फाले । मागि विहे गरेका शिवका छोरोले अहिले प्लस टु पढ्छन् । उनको एउटी छोरी छिन् । कुराकानीमा श्रीमतीको भूमिकाको बारेमा पनि खुलेरै प्रशंसा गरे । ‘पारिवारिक रुपमा खुसी छु ।’ उनले भने ।

कलाकार किन अविवाहित बन्छन् ? भन्ने प्रश्नमा हमाल भन्छन्, ‘सायद, व्यक्तिगत सोच होला ।’

नेतृत्वमा सफल

लोक गीत सृजनामा हिट बनेका हमाल संस्थागत काममा पनि फिट देखिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिलाई नेतृत्व दिएका हमालकै पालादेखि ऐतिहासिक लोकदोहोरी अर्वाडको थालनी भएको थियो ।

उनी आफ्ना दावलीमाझ निकै प्रिय थिए । त्यसकारण पनि काठमाण्डौमा सम्पन्न अघिल्लो महाधिबेशनबाट लोकप्रिय मत सहित केन्द्रिय सदस्यमा निर्वाचित बने । उनी भन्छन्, ‘घन घोटेर बन्चरो भनेझैँ साथीहरु सबैको मेहनतले संस्थालाई अघि बढाएका हौँ ।’

नेतृत्वकालमा सृजना ओझेल पर्ने प्रसंगमा हमालले तर्क पेश गर्दै भन्छन्, ‘संस्थागत नेतृत्वमा पुगेकाले सृजनामा ध्यान दिन सक्दैन् भन्ने लाग्दैन् । किन ? संस्थामा लाग्ने मान्छे, ऊर्जाशील, सृजनशील, चेतनशील, लगनशील, धैर्यशील र महनती हुन्छन् ।’ संस्थामा लागे सृजना मर्छ भनेर यहाँ भ्रम छरिएको हमालको दाबी छ । ‘कलाकारिता एक्लै सघर्ष गर्ने विधा होइन् ।’ उनले भने ।

प्रतिष्ठानको केन्द्रीय अध्यक्ष कहिले ?

प्रतिष्ठानको वर्तमान कार्यसमितिमा उप–महासचिव रहेका हमाल तत्काल अध्यक्ष बन्ने चाहना नभएको बताए । उनले भने, ‘लोक खेलाडीको रुपमा धेरै खेल खेल्नु छ । अहिले नै विश्राम विन्दुमा पुग्नु छैन् । मलाइ अध्यक्ष बन्न हतार छैन् । अन्य थुप्रै अग्रजहरु हुनुहुन्छ । उहाँहरु टिममा बसेर काम गर्नेछु ।’

कुराकानीकै क्रममा ऊर्जा थप्दै भने, ‘छिट्टै विश्राम लिने मोडमा छैन् । संस्थामा रहेर अहिले विकृती न्यूनिकरणको अप्ठ्यारो पाटोलाई लिएर अघि बढेको छु । अझै लोक गीतलाई राज्यसंग जोड्नुछ । रोयल्टीको व्यवस्थापन गरुँला भन्ने छ । लोक गीतको झ्याङ छ तर जरो नभएको बेलामा सिंहदरबार भित्र जरा गाड्नुपर्छ भन्ने छ । कलाकारको जीवनस्तर माथी उठाउनुपर्छ भनेर हिडेको मान्छे हूँ ।’ अहिले नै हतार गरे भने मेरा सपना तुहिने उनले बताए ।

‘दुस्मनसंग डटेर लड्ने तर आफन्तलाई दुस्मन बनाउने गरि पाइला नचाल्ने पक्षमा छु । परिवार भित्र निर्वाचन लड्ने पक्षमा छैन् । त्यसकारण, म सेफ साइडबाट अघि बढ्दैछु ।’ उनले भने । केन्द्रीय अध्यक्षको बाटो लामो र घुमाउरो भएको हमालको भनाई छ ।

बुष्ट प्रचारको डिजिटल तरिका

अहिले भिडियो निर्माणमा लगानी बढाइएको छ । सोही लगानी अनुसार भिडियो बुष्ट गर्ने डिजिटल परम्परा मौलाएको छ । यो नयाँ तरिकामा तर्क बाँडिएका छन् । कतिपयले पैसा खर्च गरेर भ्यूज बटुल्ने तरिकालाई रुचाएका छैन् । तर अधिकांशले आत्मसाथ गरिरहेका छन् ।

सर्जक हमाल डिजिटल प्लेटफर्ममा प्रचारको नयाँ शैली नै बुष्ट बनेको बताउछन् । ‘पहिले पनि टेलिभिजनमा लाखौ तिरेर प्रोमो बजाउने चलन थियो । अहिले डिजिटल प्लेटफर्मको प्रयोग गरेर प्रचार गरिन्छ । माध्यम न हो । उत्पादन उपभोग गर्ने नगर्ने उपभोक्ताको खुसीको कुरा । एउटा उत्पादकले बुष्ट गरेर आफ्ना सृजनाको प्रचार गर्न किन नपाउने ? विरोध किन गर्ने ? तर त्यो काम स्वस्फुर्त भने हुनुपर्छ ।’ उनले बताए ।

गीत बुष्टले चल्छ भन्ने मान्यता राख्नु गलत भएको हमालको तर्क छ । उनी थप्छन्, ‘बुष्टले गीत चल्ने हैन्, गीत चल्न त सृजना नै राम्रो हुनुपर्छ । बुष्ट मलजल मात्रै हो । विउ भनेको सृजना नै हो ।’

गीत संगीतको कमाइले घर

गीत संगीतबाट कमाएको पैसा जमाएर सर्जक हमालले काठमाण्डौमा घर बनाएका छन् । ‘कमाएको पैसा जमाउन जानेमा संभावना छ है भन्ने दर्शाउन पनि घर बनाएको छु । दर्शक स्रोताको मायाले दिएको घर हो ।’ उनले थपे, ‘आफू अभियन्ता भएका कारणले पनि केही गरेर देखाउनु थियो । देखाए ।’ हमालले करिब डेढ करोडको घर बनाएका छन् ।

अहिलेको सफलताबाट सन्तुष्ट हुनुहुन्छ ? भन्ने प्रश्नमा हमालले जवाफ दिए, ‘म नाम्चे तिर पुगेको छु । सगरमाथाको शिखरमा पुग्ने लक्ष्य छ । ३७ बर्षको अन्तरालमा १६–१७ बर्ष त लोक क्षेत्रमै विताए । अझ लोकप्रिय बन्ने हुटहुटी हराएको छैन् ।’

अहिलेको सफलताबाट सन्तुष्ट हुनुहुन्छ ? भन्ने प्रश्नमा हमालले जवाफ दिए, ‘म नाम्चे तिर पुगेको छु । सगरमाथाको शिखरमा पुग्ने लक्ष्य छ । ३७ बर्षको अन्तरालमा १६–१७ बर्ष त लोक क्षेत्रमै विताए । अझ लोकप्रिय बन्ने हुटहुटी हराएको छैन् ।’

हमाल अहिले कामको लोभी बनेका छन् । करियरको शुरुवाती समयमा टिक्नका लागि पैसाको लागि पनि काम गरेका शिव अहिले कामका लोभी बनेका छन् । राम्रो सृजनाले पैसा तान्ने भएकाले गुणस्तरिय सृजनामा जोड दिएको उनै शिव बताउछन् ।

कलाकार धनि बन्ने दिन आउँछ

प्रस्तोता समाजको अध्यक्ष समेत रहेका सर्जक हमाल रोयल्टी व्यवस्थापनमा दत्तचित्त लागि परेका छन् । ‘बौद्धिक रुपमा धनि रहेका कलाकारलाई आर्थिक रुपमा साँच्चै धनि कसरी बनाउने भन्ने ध्याउन्नमा आफू र आफ्नो टिम लागि परेका छौँ । आफ्नै कार्यकालमा नयाँ कामको थालनी गरेर छाड्छौ ।’ उनले भने ।

‘रोयल्टीको संकलन र न्यायोचित वितरण निकै चुनौतिको विषय हो । एक दिन हेर्नुस्, कलाकार धनि बन्ने दिन आउँछ ।’ उनले भने । माटो सुहाँउदो रोयल्टी व्यवस्थापन गर्न सके गीतसंगीतको लगानी ‘बालुवाको पानी’ हुने दिन हट्ने उनी बताउछन् ।

(सर्जक हमालसंग गरिएको कुराकानीमा आधारित)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार