मितेरी पुलको उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने, ‘पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ ।’

कस्ले के भने ?

  हिमाल समाचार
2.5k Shares

सोलुखुम्बु – सोलुखुम्बुको माप्य–खुम्बु मितेरी पुलको उद्घाटन गरिएको छ ।

माप्य दुधकोशी गाउँपालिका, खुम्बुपासाङल्हामु गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा बनेको मोटरेबल पुलको आज प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् ।

उद्घाटन पश्चात बोल्दै मुख्य मन्त्री शेरधन राईले समृद्धि र विकासको बाटो खुलेको बताए । ४८ मिटर लम्बाईको मोटरेबल पुलको उद्घाटन गरेका मुख्यमन्त्री राईले कोरोना महामारीका बिचमा मोटरेबल पुल निर्माण भएकाले ईच्छा शक्ति भए काम गर्न सकिने बताए । पुल संचालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि खुम्बु जाने मुल ढोका खुला भएको बताए । स्थानीय उत्पादनलाई जोड दिन र पर्यटक आकर्षणका लागि गतिविधि संचालन गर्न आग्रह गरे ।

कार्यक्रममा सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले देश आर्थिक समृद्धि तर्फ अघि बढेको बताएका छन् । मोटरेबल पुल जिल्लाको विकासमा उदाहरणीय काम रहेको भन्दै उनले सोलुखुम्बुमा पर्यटनको थप विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतिपक्ष दलका नेताहरुलाई विकासमा हातेमालो गर्न उनले आग्रह गरे ।

प्रदेश नम्बर १ का अर्थमन्त्री ईन्द्र आङबोले सोलुखुम्बुको विकासमा प्राथमिकता अनुसार काम भइरहेको बताए । त्यस्तै, सोलुखुम्बुका प्रदेश सांसदद्धय बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेतले आन्तरिक तथा बाह्य पर्यटक आवागमनमा मोटरेबल पुलले विशेष भुमिका खेल्ने बताए ।

नेकपा जिल्ला अध्यक्ष मानवीर राईले प्रतिपक्ष दलले राम्रा कामको दुष्प्रचार गरेको बताउँदै नागरिकले आगामी निर्वाचनमा मुल्याङकन गर्ने बताए ।

कार्यक्रममा खुम्बु पासाङल्हामु गाउँपालिकाका कार्याबाहक अध्यक्ष टासील्हामु शेर्पाले मोटरेबल पुलले जिल्लाको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले गाउँपालिकाको केन्द्रसम्म सडक पु¥याउनका लागि प्रदेश र संघका जनप्रतिनिधि सँग सहयोग माग गर्दै आवश्यक भूमिका निर्वाहका लागि आग्रह गरिन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईले कम्युनिष्ट सरकारले आर्थिक र भौतिक विकासमा जोड दिएको बताए ।

उद्घाटन कार्यक्रमको समापन गर्दै माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राइले गाउँपालिकाको विकासमा मोटरेबल पुलले माप्य दुधकोशी हुदै खुम्बु क्षेत्रमा पर्यटक आवतजावतमा सहज बनाउने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही, माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता माया मगर, खुम्बु पासाङल्हामु र माप्य दुधकोशी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार