काठमाडौं – बर्दियाका एकजना कोरोना संक्रमित पुरूषको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बर्दियाको गुलरिया नगरपालिका–३ का ७७ वर्षीय वृद्धको नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा आइतबार दिउँसो १२ः४५ बजे मृत्यु भएको हो ।