स्थानीय तहले आफ्नो क्षेत्रको उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने

  हिमाल समाचार
28 Shares

काठमाडौं  –    सरकारले आफ्नो पालिकाभित्र उत्कृष्ट उद्यम गर्ने एक जना उद्योगीलाई सम्मान गर्न स्थानीय तहलाई परिपत्र गरेको छ ।
छैटौं उद्योग दिवस सबै (७५३) वटै स्थानीय तहमा मनाउन र आफ्नो पालिका भित्र उत्कृष्ट उद्यम गर्नेलाई सम्मान गर्न संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।

उद्योग दिवश मनाउन र आफ्नो क्षेत्रको उत्कृष्ट उद्यमीलाई प्रोत्साहन स्वरुप सम्मान गर्न आग्रह भएको मन्त्रालयले जनाएको छ ।
उद्योग र रोजगारः समृद्धिको आधार भन्ने नाराका साथ मंसिर ९ गते सरकारले छैटौं उद्योग दिवश मनाउँदै छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कात्तिक २५ गते दिवस मनाउने निर्णय गरेको थियो । उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न देशै भरका स्थानीय  तहमार्फत सम्मान गर्न थालिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार