नेकपा फुट्दैन – मुख्यमन्त्री राई

  हिमाल समाचार
91 Shares

सोलुखुम्बु – प्रदेश नं १ का मुख्यमन्त्री शेररधन राईले नेकपा पार्टी नफुट्ने बताएका छन् । पार्टीभित्र अन्तरसघर्ष चुलिदै गर्दा नेकपा नेता समेत रहेका मुख्यमन्त्री राईले नेकपा फुट्नका लागि नबनेको बताए ।

हिमाल एफ एमका पत्रकार भानुभक्त निरौलासंग कुराकानी गर्दै उनले भने, ‘जुन हिसावले अन्तरसघर्षको कुरा बाहिर आएपनि पार्टी एक भएर अघि बढ्छ । शिर्ष नेताहरु बिचको पानी बाराबारको स्थिती देखिएपनि नेकपा फुट्दैन्, फुट्नका लागि जुटेको पार्टी होइन ।’

अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मालाई लगाएको आरोप फिर्ता लिएर मात्र नपुग्ने मुख्यमन्त्री राईले बताए । अध्यक्ष ओलीको जवाफ आएपछि कस्ले पद त्याग्ने भन्ने विषय टुंगोमा पुग्ने उनले बताए । ‘आरोप सत्य प्रमाणीत भए अध्यक्ष ओलीले पद छाड्नुपर्छ भने असत्य सावित भए अर्का अध्यक्ष प्रचण्डले पद त्याग्नुपर्छ । यो कुरा त कमरेड ओली भनिसक्नुभएको छ ।’ उनले भने ।

प्रदेशको राजधानीको विषयमा मुख्यमन्त्री राईले आगामी प्रदेश वैठकले नामांकरण गर्ने बताए । यसअघिको अधिवेशनमा नामांकनलाई टुग्याउने तयारी गरिएपनि कोभिडका कारण प्रदेशको नामांकरण बाँकी रहेको उनको भनाई थियो ।

उनले भने, ‘सकेसम्म सहमतीमै प्रदेशको नाम राख्छौ । सहमती हुन नसके प्रक्रियाबाट भएपनि प्रदेशको न्वारन गछौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार