यति माउन्टेन होटलमा आगलागी

२ करोडको क्षति

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – सगरमाथा आधार शिविरमा पर्ने फाक्दिङस्थित यति माउन्टेन होटलमा आगलागी भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका ३ स्थित सोनाम शेर्पाले सञ्चालन गरेको होटलमा आगलागी हुदा दुई करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आज विहान करिब ९ बजे विद्युत सर्ट भई लागेको आगोले किचेन र डाइनिङ हल, स्टोर, सन रुम, भाडावर्तन, लत्ताकपडा र अन्नपात जलेर नष्ट भएको छ ।

प्रहरी, सेना र स्थानीयको सहयोगमा आगो दिउँसो दुई बजे नियन्त्रणमा आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार