विश्व हिन्दु महासंघ नेपाल सोलुको अध्यक्षमा आचार्य

  हिमाल समाचार
805 Shares

सोलुखुम्बु – विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखा सोलुखुम्बुको दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

जिल्लाको नेचासल्यान गाँउपालिका ३ स्थित राधाकृष्ण मन्दिरमा सम्पन्न अधिवेशनका क्रममा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको अध्यक्षमा शिव प्रसाद अचार्य, उपाध्यक्षमा थमन प्रसाद कटेल, महिला उपाध्यक्षमा सिता कार्की, सचिवमा टंक प्रसाद ढुंगाना, सह–सचिवमा लोचन कुमार शर्मा र कोषाध्यक्षमा लिलाराज फुयाल चयन भएका छन् ।

कार्यक्रममा पूर्व सांसद भुपाल किराँती, गणेशमान सिंह स्मृति प्रतिष्ठानका अध्यक्ष निर कुमार शर्मा, हिन्दु शान्ति एकता समाजका अध्यक्ष पोसकुमार आचार्य र विश्व हिन्दु महासंघ नेपाल जिल्ला शाखाका निवर्तमान अध्यक्ष ठविन्द्र प्रसाद जम्मर कट्टेल लगायतको उपस्थिती रहेको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार