थुलुङ दुधकोशी वहुप्राबिधिक शिक्षालयको मुख्यमन्त्री राईले गरे उद्घाटन

प्राबिधिक शिक्षालाई जोड

  हिमाल समाचार  799 पटक हेरिएको

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी वहुप्राबिधिक शिक्षालय (ईन्जिनियरिङ डिपार्ट) को उद्घाटन गरिएको छ । चालु शैक्षिक सत्रदेखि सञ्चालनमा आएको बहुप्राबिधिक शिक्षालाई जोड शिक्षालयको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरेका हुन् ।

शिक्षालय परिसरमा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री राईले प्राबिधिक शिक्षा आजको आवश्यकता भएको बताए । व्यवहारमुखी शिक्षा नहुँदा लाखौ युवा बैदेशिक रोजगारमा जानुपर्ने बाध्यता रहेको बताउँदै मुख्यमन्त्री राईले प्रदेश नम्बर १ का ५ जिल्लामा बहुप्राबिधिक शिक्षालय स्थापना गर्ने योजना रहेको बताउदै जसअन्तरगत थुलुङ दुधकोशीमा स्थापना गरिएको शिक्षालय पहिलो रहेको बताए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले जिल्लाको भौतिक तथा मानवीय दुवै विकासलाई प्राथमिकता दिएर अघि बढेको बताए ।
प्रदेश १ का अर्थमन्त्री ईन्द्र आङबोले थुलुङ दुधकोशी गाउँपालिकाको विकासको प्रसंशा गर्दै शिक्षा क्षेत्रलाई पनि प्राथमिकता दिएको बताए । सबै स्थानिय तहको केन्द्रसम्म पिच सडक पु¥याउने योजना रहेको उनले बताए ।

नेकपा संसदीय दलका प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले कांग्रेसले गर्न नसकेको विकास नेकपाले गरेको जिकिर गरे ।

अर्का प्रदेश सांसद उत्तमकुमार बस्नेतले जिल्लाको विकासमा सडक बाधक बनेको बताए । अधिकाशं स्थानमा प्राथमिकता दिएर योजना सञ्चालन गरिएपनि अपुरैरहेको भन्दै उनले सडकको स्तरोन्नती गर्नका लागि प्रदेश सरकार प्रमुखको ध्यानाकर्षण गराए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईले.आफु निर्वाचित भएदेखि नै संघियताको मर्म अनुरुप सबै पक्षसँग समन्वय गरेर गाउँपालिकाको दीर्घकालीन विकासमा प्रभाव पार्ने किसिमका विकास निर्माणका कार्य अघि सारेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक वीरकुमार राई, नेकपा जिल्ला अध्यक्ष मानवीर राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँति, सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राई, नेकपा प्रदेश सभा ‘ख’ ईन्चार्ज आङनिमा लामा, प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही, प्रहरी नायब उपरिक्षक टेकुनन्द ईवा लिम्बु लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार