‘आवरणभित्रको अनावरण’ विमोचित

  हिमाल समाचार  1290 पटक हेरिएको

सोलुखुम्बु – अनुज खड्काद्वारा संयोजित पुस्तक ‘आवरणभित्रको अनावरण’ विमोचन गरिएको छ ।

सोलुखुम्बुको ओर्लाङघाटमा निर्माण गरिएको माप्य–खुम्बु मितेरी पुलको उद्घाटन कार्यक्रममा आएका प्रदेश नं १ का मुख्यमन्त्री शेरघन राई, प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’, प्रदेश सरकारका अर्थमन्त्री इन्द्र आङबो, नेकपा प्रदेश सभा ‘क’इन्चार्ज तथा फ्रेण्डसीप यूथ क्लबका अध्यक्ष महेश किराँती लगायतले पुस्तकको विमोचन गरेका हुन् ।

विभिन्न क्षेत्रमा क्रियाशिल र सफल व्यक्तिहरुको सफलता पछाडीको सघर्षलाई लिपिबद्ध गरिएको पुस्तक एक बर्ष अघि तयार भएको हो । पुस्तकको प्रकाशन भुमे संचार प्रा.लि.ले गरेको छ ।

प्रति पुस्तक ४५० रुपैँया मुल्य रहेको पुस्तक पढ्न चाहनेले ९८६९८२०२४४ मा सम्पर्क राख्न सक्ने संयोजनकर्ता खड्काले जनाए । उनले यसअघि मनको अदालत नामक पुस्तक बजारमा ल्याएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार