अक्सफोर्ड युनिभर्सिटीको खोप ७० प्रतिशत प्रभावकारी

  हिमाल समाचार
7 Shares

काठमाडौं – बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर बनाइरहरकेो कोरानो भाइरस (कोभिड–१९) विरुद्धको खोप संक्रमण रोक्न ७० प्रतिशत प्रभावकारी देखिएको छ । युनिभर्सिटीले सार्वजनिक गरेको अन्तिम चरणको मानव परीक्षणमा यो खोप ७० प्रतिशत प्रभावकारी पाइएको हो ।

यसअघि अमेरिकी कम्पनीहरु फाइजर र मोडेर्नाले निर्माण गरिरहेको कोरोना खोप संक्रमण नियन्त्रणका लागि ९५ प्रतिशत प्रभावकारी रहेको नतिजा सार्वजनिक गरिएको थियो । यद्यपि अक्सफोर्डले निर्माण गरेको खोप अन्य दुई खोपको तुलनामा निकै सस्तो र स्टोर गरेर राख्न पनि सजिलो हुने किसिमको छ । साथै नियामकले यसलाई कोरोना खोपको रुपमा मान्यता दिए, महामारी नियन्त्रणको लागि पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विशेषज्ञहरुले बताएका छन् । यो खोपको लागि बेलायत सरकारले यसअघि नै १० करोड डोज प्रि–अर्डर गरिसकेको छ । जसको माध्यमबाट पाँच करोड मानिसलाई खोप दिन सकिन्छ ।

यो खोपको अन्तिम चरणको मानव परीक्षणमा ब्राजिल र बेलायतका गरी २० हजार स्वयंसेवकहरु सहभागी थिए । यी मध्ये आधालाई कोरोनाको खोप दिइएको थियो भने आधालाई डमी खोप दिइएको थियो । दुई खोपको डोज पूरा भएपछि गरिएको अध्ययनमा कोरोना खोप लिएका ३० जना मानिसमा संक्रमण देखिएको थियो भने डमी खोप दिइएका १०१ जनामा संक्रमण देखिएको थियो ।

अनुसन्धानका अनुसार स्वयंसेवकहरुलाई दुई ‘हाइ’ डोजको खोप दिँदा यसले ६२ प्रतिशत सुरक्षा दिएको पाइएको थियो । तर, ‘लो’ डोज खोप दिइएका मानिसमा भने संक्रमणको सुरक्षा ९० प्रतिशत रहेको पाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार