काठमाडौं – भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नोभेम्बर २६ र २७ गते अर्थात मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्ने भएका छन् । पराराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर श्रींगलाको नेपाल भ्रमणबारे जानकारी दिएको हो ।
श्रींगलाको भ्रमण नेपाल र भारतबीच उच्च स्तरीय भ्रमणको आदानप्रदानको निरन्तरता भएको मन्त्रालयले जानकारी दिएको छ ।