शुल्क विवादमा पक्राउ परेका विद्यार्थी धरौटीमा छुटे

  हिमाल समाचार
0 Shares

काठमाडौं – विद्यालय शुल्कको विवादमा पक्राउ परेका मोर्गन इन्टरनेसन कलेज, बसुन्धाराका विद्यार्थी धरौटीमा छुटेका छन् । कक्षा १२ को परीक्षा दिने तीनै विद्यार्थीलाई जनही चार हजार रुपैयाँ धरौटीमा छोडिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीले जानकारी दिए ।

मोर्गन कलेजले विद्यार्थीले अभद्र व्यवहार गरेको दाबीसहित प्रहरीमा उजुरी दिएको थियो ।

अभिभावकहरूले भने गैरकानुनी शुल्कको विरोध गरेका विद्यार्थी र अभिभावकविरुद्ध कलेजले उजुरी दिएको बताएका छन् । आंशिक परीक्षा दिनुपर्ने विद्यार्थीसँग पनि कलेजले प्रति विषय जनही १२ हजार रुपैयाँ र सेनिटाइजरबापत ६ हजार रुपैयाँ मागेको अभिभावकहरूको भनाइ छ ।

राष्ट्रिय परीक्षा बोर्डले भने आंशिक विद्यार्थीसँग शुल्क लिने अधिकार कलेजलाई नभएको बताएको छ । कक्षा १२ को परीक्षा मंगलबार बिहानबाट सुरू हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार