मोलुङमा कृषि औजार र बिउ वितरण

  हिमाल समाचार
112 Shares

ओखलढुंगा – ओखलढुंगाको मोलुङ गाउँपालिकाले व्यावसायिक तरकारी खेती गरिरहेका किसानहरूलाई अनुदानमा बिउ तथा कृषि औजार वितरण गरेको छ ।
वैदेशिक रोजगरीबाट फर्किएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षण गर्ने उद्देश्यले हेल्भेटासको परियोजना ‘नेपाल कृषि सेवा विकास कार्यक्रम’ को अनुदान सहयोगमा तरकारी खेतीतर्फ विउ तथा कृषि औजार वितरण गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख शान्तिलाल सापकोटाले जानकारी दिए ।

विदेशबाट फर्किएकामध्ये ३२ जनालाई बेमौसमी तरकारीका लागि प्लाष्टिक टनेल, त्यस्तै, बंगुर पालनमा २० जनलाई पाठा र खुवाउने दाना, च्याउ खेतीतर्फ १६ जनालाई बिउ तथा आश्यक उपकरण दिइएको छ ।

४० घरलाई विभिन्न प्रकारका तरकारीको बिउ बीजन दिइएको छ । हाटबजारमा वैज्ञानिक नापतौलको व्यवस्थापनका लागि गाउँपालिकाभित्र लाग्ने चारवटा हाटबजारका लागि चारवटा डिजिटल तराजु राखिएको छ ।

४० लाख बढीका सामग्री तथा बिउ वितरण गरिएको संवाददाता पासाङ शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार