भरुवा बन्दुक सहित दुई जना पक्राउ

  हिमाल समाचार  937 पटक हेरिएको

सोलुखुम्बु – उदयपुरमा भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिषेश सुराकीको आधारमा कटारी नगरपालिका वडा नं ७ मर्जेतपुर बस्ने अन्दाजी ३० बर्षको रुद्र बहादुर तामाङ र सोही ठाउँ बस्ने अन्दाजी ३४ बर्ष को कृष्ण बहादुर तामाङ लाई एक नाल भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय कटारी लगिएको छ । यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार