सोलुखुम्बु : वात्तिम र बादे जोड्ने मोटरेबल पुलको शिलान्यास

  हिमाल समाचार
1.5k Shares

सोलुखुम्बु सोलुखुम्बुको दुधकोशी नदीमा मोटरेबल पुलको शिलान्यास गरिएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकाको कोशीपारीको वडाबाट गाउँपालिकाको केन्द्रसम्म सहज सडक सञ्चालनका लागि वडा नम्बर २ काँगेल वात्तिम र जुबु ४ बादे सिधा सम्पर्क हुने गरि मोटरेबलपुलको शिलान्यास प्रदेश सांसद उत्तमकुमार बस्नेत र थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले गरेका हुन् ।

२०७६ कार्तिक २७ गते प्रदेश नं १ यातायात पुर्वाधार निर्देशनालय र निर्माण कम्पनी खाम्पाचे शेर्पाबीच डिजाईन एण्ड बिड विधिमा सम्झौता भएको थियो । सम्झौता मिति अनुसार ३० महिनामा मोटरेबल पुल सम्पन्न हुने छ ।

१४ महिना डिजाइन लगायत अन्य काम गर्दा सकिएको र बाँकी १६ महिना रहेको छ ।

१५ करोड ८० लाख लागतमा बन्ने ९३ मिटर लम्बाइ र ७.५ मिटर चौडाइ रहेको यो पुल समय सीमा भित्रै गुणस्तरिय तवरबाट निर्माण सम्पन्न हुने गाउँपालिका अध्यक्ष असिम राईले बताए । समयमै काम सम्पन्न गर्नका लागि जस्तो सुकै सहयोग गर्न स्थानिय सरकार तयार रहेको जानकारी उनले बताए ।

कोशीपारी नागरिक मात्रै नभएर खोटाङ जिल्लाका समेत नागरिक लाभान्वित हुने जुबुका वडाध्यक्ष नातिकाजि गुरुङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार