सोलुखुम्बुमा १५.२८ र खोटाङमा २५.२५ प्रतिशत निजी आवास पुनर्निर्माण बाँकी

  हिमाल समाचार
322 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा १५.२८ प्रतिशत घर पुनर्निर्माण हुन सकेको छैन ।

२०७२ साल बैशाख १२ को भुकम्पका कारण क्षतीग्रस्त बनेका निजी आवास मध्ये हालसम्म ८४.३२ प्रतिशत पुनर्निर्माण गरिएको छ ।

जिल्ला आयोजना कार्यान्वयन ईकाई सोलुखुम्बुका अनुसार लाभग्राहीको सुचिमा परेका १२ हजार ३४१ घर मध्ये १० हजार ४०६ जनाले निजी आवास पुनर्निर्माण गरेका छन् । त्यस्तै ११ हजार २४४ घर अर्थात ९१.११ प्रतिशतले दोश्रो किस्ता लिएका छन् ।

घर पुनर्निर्माणका लागि कुल लाभग्राही मध्ये १२ हजार ९१ जना अर्थात ९७.९७ घरले पहिलो किस्ता बापतको रकम लिईसकेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई सोलुखुम्बुले जनाएको छ ।

त्यस्तै, हालसम्म खोटाङ जिल्लामा ७ हजार ७७ निजी आवास पुर्ननिर्माण भएको छ ।

जिल्ला आयोजना कार्यान्वयन ईकाई खोटाङले दिएको जानकारी अनुसार अनुदान सम्झौता गरिएका १० हजार २८१ मध्ये ७४.८५ प्रतिशत निजीआवास पुनर्निर्माण भएका हुन् ।

२५.१५ प्रतिशत निजीआवास पुनर्निर्माण हुन बाँकी रहेका छन् । जिल्लामा ९ हजार ५५३ घरले अर्थात ९२.९१ प्रतिशतले पहिलो किस्ता लिईसकेका छन् भने ७ हजार ७५४ अर्थात ८१ प्रतिशतले दोस्रो किस्ता पाएका छन् ।

कार्तिक २१ गते बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बैठकले मंसिर मसान्तसम्म अनुदान सम्झौता गरिसक्न आग्रह समेत गरेको छ । त्यस्तै, पुष १५ सम्म पहिलो किस्ता, माघ मसान्तसम्म दोस्रो किस्ता र तेस्रो अर्थात अन्तिम किस्ता २०७८ जेठ मसान्तसम्म लिईसक्नुपर्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार