गायक राजु र छेवाङ लामालाई टाक्सिन्दुमा भब्य स्वागत, बृद्धाश्रममा खाद्यान्न राहात

  हिमाल समाचार
2.5k Shares

सोलुखुम्बु – तल्लो सोलुको पर्यटन प्रर्वद्धन लागि सोलुखुम्बुको भ्रमणमा रहेको चर्चित गायकद्वय राजु लामा र छेवाङ लामालाई सोलुदुधकुण्ड १ टाक्सिन्दुका नागरिकले भब्य स्वागत गरेका छन् ।

सामाजिक संस्था द स्मल वल्र्डको सद्भावना दुत समेत रहेका गायकद्वयलाई टाक्सिन्दु भ्रमणको क्रममा स्थानीय महिला समुहले कार्यक्रमकै आयोजना गरेर स्वागत गरेका छन् ।

सो अवसरमा टाक्सिन्दुको बृद्धाश्रममा रहेका सबै बृद्धाहरुलाई राहात स्वरुप खाद्यान्न समेत वितरण गरिएको छ ।
नेपाली काँग्रेस प्रदेश ‘ख’ सभापति तथा काँग्रेसको बन तथा वातावरण विभागका सदस्य कर्मा शेर्पाको नेतृत्वमा कोरोना प्रभावमा परेका बृद्धाहरुलाई खाद्यान्न सहयोग गरिएको हो ।

कार्यक्रममा द स्मल वल्र्डका संस्थापक सोनाम डोका शेर्पा, गायकहरु राजु लामा र छेवाङ लामाको उपस्थिति रहेको थियो ।
काँग्रेस नेताकर्मा शेर्पाको अगुवाईमा राहात पाए पछि बृद्धा श्रममा बस्ने सबैले खुशी ब्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार