ईन्जिनियर सहितको टोलीले ग¥यो काँगेल विमानस्थलको निरिक्षण

  हिमाल समाचार
175 Shares

सोलखुुम्बु – सोलखुुम्बुको काँगेल विमानस्थलको नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर सहितको टोलीले स्थलगत निरिक्षण गरेको छ ।

मसिर तेस्रो सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको विमानस्थलको ईन्जिनियर सहितको टोलीले स्थलगत निरिक्षण गरेको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

अध्यक्ष राईका अनुसार विमानस्थल सामान्य मर्मत सम्भार पश्चात हवाई उडान हुने छ ।

गत कार्तिकमा स्थलगत निरिक्षण गर्दै संस्कृति पर्यटन मन्त्री योगेश भट्टराईले मंसिरदेखि विमानस्थल सञ्चालनमा ल्याउन पहल गर्ने बताएका थिए ।

त्यसपछि नागरिक उड्डयन प्राधिकरण र बायु सेवा निगमविच मंसिर तेस्रो साताबाट हवाई जहाज सञ्चालन गर्ने सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार