सोलुखुम्बु – सोलखुुम्बुको तिंलामा मैनबत्तिबाट ओच्छ्यानमा सल्किएको आगोले डढेर एक बालक गम्भिर घाईते भएका छन् ।
सोलुदुधकुण्ड नगरपालिका ११ तिंला स्थित बेलीडाडाँका १४ वर्षिय सुविन थामा मगर मंगलबार राति ७ बजेको समयमा मैनबत्तिबाट ओच्छ्यानमा सल्किएको आगोले डढेर गम्भिर घाईते भएका हुन ।
मंगलबार राति लोडसेडिङ भएपछि मैनबत्ति बालेर सुतेका सविनको ओच्छ्यानमा आगो सल्किदा अनुहार, हात लगायत शरिरका विभिन्न स्थान डढेको छ ।
उनलाई उपचारका लागि काठमाण्डौ लैजाने तयारी गरिएको स्थानिय उत्तम भुजेलले जानकारी दिए ।