काठमाण्डौँ – लोक गायक तथा समाजसेवी धर्मराज पोखरेल ‘कोरोना डिफेन्स’ अर्वाडबाट सम्मानित भएका छन् ।
विहिबार प्रज्ञा भवन कमलादीमा फोकस नेपालको आयोजनामा भएको कार्यक्रममा इन्जिनियर समेत रहेका समाजसेवी पोखरेल सहित अन्य सहयोगदातालाई सम्मान गरिएको हो । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सहयोगदातालाई खादा, माला र प्रमाण–पत्रले सम्मान गरेका हुन् ।
पोखरेलले कोरोना महामारीमा क्वारेन्टीन निर्माणका लागि बुढानिलकण्ठमा रहेको नयाँ घर निशुल्क दिएका थिए भने खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका विपन्न परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेका थिए ।