खोटाङ – खोटाङको रावाबेसी गाउँपालिकामा कर्मचारी आवास गृहको उद्घाटन गरिएको छ ।
गाउँपालिकाको ५५ लाखको लागतमा बनेको २ तले भवनको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले उद्घाटन गरेका हुन् ।
बाहिरी जिल्लाबाट आएर गाउँपालिकामा सेवा प्रवाह गर्ने कर्मचारीका लागि बसोबासका लागि सहज होस भन्ने उदेश्यले भवन निर्माण गरिएको पालिका अध्यक्ष निरौलाले बताए ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, प्रमुख प्रशासकिय अधिकृत रेख बहादुर थापा, विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, पार्टी लगायतको उपस्थिती रहेको सहकर्मी पे्रम श्रेष्ठले जानकारी दिए ।