सांसद राईको राईको ऐतिहासिक गीत ‘एउटा तक्मा झुण्ड्याएर’ सार्वजनिक

  हिमाल समाचार  287 पटक हेरिएको


खोटाङ –
गीतकार तथा प्रदेश सभा सदस्य राजन राईको ऐतिहासिक गीत ‘एउटा तक्मा झुण्ड्याएर’ सार्वजनिक भएको छ । नेपाली पूर्खाहरुको वीरताको कथा संगालेर बनेको गीतको भिडियो कन्काइष्ट राईको अफिसियल युट्युब च्यानल मार्फत बुधवार बजारमा ल्याइएको हो ।

यूवा गायक तथा संगीतकार कनकाईष्ट राईको स्वर र डाक्टर किरातको संगीतमा रहेको ‘एउटा तक्मा’ गीतको ऐरेन्ज लाहाङ सुब्बाले गरेका छन् ।

भर्जिन रेर्कडिङ स्टुडियो नक्सालमा रेर्कड गरिएको गीतमा गीतकार राईले आफ्नो लाहुरे पूर्खाको सम्झनामा हजारौ अग्रज गोर्खाली सेनाको वीरताको कथामा आधारित भएर रचना गरेका छन् ।

प्रारम्भदेखि अन्त्यसम्म ऐतिहासिक कथा समेटिएको गीतमा गोर्खाली सेनाहरुले वीरताका साथ लड्दालड्दै हातखुट्टा गुमाएको कुरालाई उजागर गरिएको छ । एउटा तक्मा झुण्ड्याएर आएको स्मरण गर्दै हजुर आमाले गरेको वर्णन गीतका हरफहरुमा पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार