हलेसीमा अस्थायी कोभिड अस्पताल सञ्चालन

  हिमाल समाचार
294 Shares

खोटाङ – कोभिड–१९ को महामारीलाई लक्षित गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालन ल्याएको छ ।

कोरोना भाइरसको संक्रमण दर फैलिरहेको अवस्थामा भयवह अवस्था आएमा नागरिकको सहज उपचार व्यवस्थापनका हलेसी तुवाचुङ नगरपालिकाले दुर्छिम स्वास्थ्य चौकीमा पाँच शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । बिहीवारबाट सञ्चालनमा ल्याइएको अस्पतालको नगरप्रमुख इवन राई र उपप्रमुख बिमला रार्ईले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

अस्थायी कोभिड अस्पताल निर्माणका लागि संघीय सरकारले उपलव्ध गराएको १० लाख र नगरपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने गरी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।

अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि नगरपालिकाले एमबिबिएस डाक्टर कृष्णकुमार राउतसहित र एक जना स्टाफ नर्स नियुक्त गरेको छ भने आवश्यक स्वास्थ्यकर्मी थप गर्दै लैजाने जनाएको छ ।

नगरपालिकामा कोरोना संक्रमित भेटिएमा उपचारका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता अन्त्यका अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक प्रकाश घिमिरेले जानकारी दिए ।

वडाध्यक्ष रमेश तिवारीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, वडाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि,स्वास्थ्य संयोजक एवम् स्वास्थ्यकर्मीहरू तथा गैरसरकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार