खुम्बुमा नेकपाको वडाध्यक्षको प्रत्यासी उम्मेद्वार सहित १ सय ५२ जना काँग्रेस प्रवेश

  हिमाल समाचार  1596 पटक हेरिएको

सोलुखुम्बु – सोलखुुम्बुको खुम्बुमा नेकपाका वडाध्यक्ष प्रत्यासी उम्मेद्वार सहित १५२ जना काँग्रेस प्रवेश गरेका छन् ।
खुम्बुपासाङल्हामु गाउँपालिका २ का तत्कालीन नेकपा माओवादीका प्रत्यासी उम्मेद्वार ल्हाक्पा ग्याल्जेन शेर्पा सहित १५२ जना काँग्रेस प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस खुम्बुपासाङल्हामु गाउँपालिकाले आयोजना गरेको संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रममा २ र ३ नम्बर वडाका १ सय ५२ जना काँग्रेस प्रवेश गरेको गाउँपालिका पार्टी प्रवक्ता पासाङ शेर्पाले जानकारी दिए ।

सोही अवसरमा २ नम्बर वडामा ङिमा दोर्जी शेर्पा र ३ नम्बर वडामा आङ छिरिङ शेर्पाको संयोजकत्वमा १३–१३ सदस्यीय तरुणदल गठन गरिएको नेपाली काँग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रबक्ता शेर्पाले बताए ।

कार्यक्रममा पार्टी सभापति पेम्बा छिरिङ शेर्पा, नेताहरु चुङ्बा शेर्पा, प्रेम थापामगर लगायत पार्टीका कार्यकर्ताहरुको उपस्थिती रहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार