सोलुखुम्बु – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सोलुखुम्बुले नेचासल्यान गाउँपालिकालाई समसामयिक विषयमा ध्यानाकर्षण गराएको छ ।
विद्यार्थी युनियन सोलुखुम्बुले गाउँपालिका भित्र तथा बाहिर सञ्चालन हुने सवारी साधनको भाडादर समायोजन र निर्धारण गर्नुपर्ने, कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका विद्यार्थीको स्वास्थ्य जाँच निशुल्क गराउन र प्रत्येक विद्यालयलाई थर्मल गन लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग गरेको हो ।
जिल्ला कमिटि सदस्य कुमार विष्ट र सरोज भट्टराई द्वारा हस्ताक्षरित पत्र गाउँपालिकाका प्रबक्ता धर्मध्वज खत्रिलाई शुक्रबार बुझाईएको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।