खरिखोलामा एक स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पोजेटिभ

  हिमाल समाचार
1.9k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा थप ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । खुम्बुपासाङल्हामु गाउँपालिकाको खरिखोलाका एक स्वास्थ्यकर्मी सहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मंसिर ११ गते शंकास्पद लक्षण देखिएपछि ३१ जनाको स्वाब पिसिआर परिक्षणका लागि काठमाण्डौ पठाईएकोमा रिपोर्ट पोजेटिभ आएको खरिखोला स्वास्थ्य चौकी व्यवस्थापन समिति सदस्य तिलक मगरले जानकारी दिए ।

३ महिला र ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको उनको भनाई छ । उनिहरु सबै स्थानिय हुन् ।

तल्लो सोलुबाट खुम्बु क्षेत्र प्रवेश गर्ने नाका भएकाले मानिसको आवतजावत बढि हुने हुँदा बाहिरबाट आएका व्यक्तिबाट सरेको हुन सक्ने अनुमान गरिएको छ । एकै चोटी गाउँमा ज्वरो लगायतका लक्षण देखिनु र कोरोना पोजेटिभ आएपछि स्थानिय त्रसित बनेका छन् ।

यसैबीच, ६ जनामा कोेरोना पोजेटिभ देखिएपछि वडामा विशेष सर्तकता अपनाईएको छ ।|

वडाध्यक्ष ङिमा दोर्जी शेर्पाले सुचना जारी गर्दै सो क्षेत्र भित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयहरु दुई हप्ताका लागि बन्द गरिएको जानकारी दिएका छन् । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कीन उनले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार