विराटनगर – पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट ७ र मेची अस्पतालबाट १ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ हजार १८३ पुगेको छ । प्रदेश १ मा आज १७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा ८, सोलुखुम्वु र उदयपुरमा ३–३, पाँचथर र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ८७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७४ महिला र १०३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९० हजार ३७३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।