सोलुखुम्बुमा धान उत्पादन बढ्यो

  हिमाल समाचार
259 Shares

सोलुखुुम्बु – सोलुखुम्बुमा साढे तिन हजार मेट्रिकटन धान उत्पादन भएको छ ।

यो वर्ष जिल्लामा १५ सय २५ हेक्टर जमिनमा ३ हजार ६२० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । यसवर्ष सतप्रतिशत रोपाई भएको जिल्लामा विगतका वर्षको तुलानमा बर्खे धान उत्पादनमा बृद्धि भएको हो ।

जिल्लाको नेचा, सल्यान, पन्चन, मुक्लि जुबु, सोताङ, तिंला लगायतका स्थानमा धान उत्पादन हुँदै आएको छ । गत वर्ष हिउँदे र बर्खे गरि सोलुखुम्बुमा १५ सय ९० हेक्टर क्षेत्रफल जमिनमा ३ हजार ७ सय २० मेट्रिकटन धान उत्पादन भएको थियो ।

यो वर्षको हिँउदे धानलाई गणना नगरिएपनि गत वर्षको तुलानमा यो वर्ष धान उत्पादन बढेको अनुमान गरिएको छ । तर कृषकहरुले भने सोचे जस्तो धान उत्पादन नभएको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार