जिल्ला प्रशासन सोलुमा ७ मुद्धा

  हिमाल समाचार
4.5k Shares

सोलुखुम्बु – जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा चालु आर्थिक वर्षको चार महिनामा ७ वटा मुद्धा दर्ता भएका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीका अनुसार साउन यता ७ वटा मुद्धा दर्ता भएका हुन् । जसमा सट्टाबाजीको १, अभद्र व्यवहारका ५, सार्वजनिक शान्ति विरुद्धको कसुरको एक वटा मुद्धा दर्ता भएका छन् ।

त्यस्तै गत आर्थिक वर्ष २०७६–७७ मा दर्ता भएका ४१ वटा मुद्धा मध्ये १३ वटा फैसला गरिएको थियो । २८ वटा मुद्धा फैसला हुन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार